विदेश

बिपी कोइरालाका बहिनी–ज्वाइँको निधन

बिपी कोइरालाका बहिनी–ज्वाइँको निधन


इस्लामावाद । वरिष्ठ पाकिस्तानी कूटनीतिज्ञ मुहम्मद अक्रम जाकीको निधन भएको छ। बिपी कोइरालाका बहिनी–ज्वाइँ जाकीको ८७ वर्षको उमेरमा बिहीबार इस्लामावादमा निधन भएको हो। उनी मुटुरोगबाट पीडित थिए।

२७ अक्टोबर १९३१ मा जन्मेका जाकी पाकिस्तान मुस्लिम लिगका वरिष्ठ नेता पनि थिए। करिब चार दशक कूटनीतिक सेवामा बिताएका जाकीले चीन, नाइजेरिया, फिलिपिन्स र अमेरिकाका लागि पाकिस्तानी राजदूतका रुपमा काम गरेका थिए। उनले विदेश सचिव र राज्यमन्त्रीको भूमिका पनि निभाएका थिए। उनी १९९३ मा कूटनीतिक सेवाबाट निवृत्त भएका थिए।

बिपी कोइरालाकी बहिनी विजयालक्ष्मी बुनु दिदी र जाकीले विसं २०१५ सालको आम निर्वाचनअघि विवाह गरेका थिए।

विशेष