विदेश

बाटो काट्ने क्रममा गर्भवतीसहित पाँच हात्तीको मृत्यु

बाटो काट्ने क्रममा गर्भवतीसहित पाँच हात्तीको मृत्यु

नयाँ दिल्ली । उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ । 

भारत ठूलो सङ्ख्यामा हात्तीहरु रहेको देश हो । हात्तीहरु रेलमार्ग भएर हिँड्ने गरेका छन् । त्यस क्रममा भारतमा यसरी बारम्बार दुर्घटना हुने गरेको छ । 
आइतबार बिहानको यस दुर्घटनामा परी पाँच हात्तीको मृत्यु भएको आसाम जंगल विकास बोर्डका प्रमुख विकास बर्माले बताउनुभएको छ । 

सन् २०११ मा भएको गणनाअनुसार आसाममा मात्र पाँच हजार ६२० वटा हात्ती रहेका छन् । भारतका अन्य राज्यको तुलनामा आसाममा रहेको यो सङ्ख्या बढी हो । आसाममा यस वर्ष मात्र करिब ६० हात्ती मारिएको अनुमान गरिएको पनि बर्माले बताउनु भएको छ । 

विशेष