News

युवतीको शंकास्पद मृत्यु, प्रहरीले जल्दै गरेको शव अस्पताल पठायो

युवतीको शंकास्पद मृत्यु, प्रहरीले जल्दै गरेको शव अस्पताल पठायो

रौतहट। रौतहटको देवाही–गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ ।

देवाही–गोनाही नगरपालिका– ७ गोनाहीटोलका सुुखाडी पासवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर बुधबार राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।

शव प्रहरीले नियन्त्रणमा लिएपछि घर–परिवारका सबै सदस्य घर छाडेर फरार छन् । युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछिमात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाएको छ ।

विशेष