नारायणकाजी श्रेष्ठ बिरामी, किस्ट अस्पताल भर्ना
गोरखा । नेकपा माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ बिरामी भएका छन्।
चुनावी दौडधूपले बिरामी भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । । ‘गत ७ गते देखि नै बिरामी हुनुहुन्थ्यो’ श्रेष्ठले भने ‘चुनावी दौडधूपले गलायो। निद्रा पनि पुगेको थिएन। ज्वोरो आएको थियो। ब्लड पनि कमी भएको भनेर डाक्टरहरुले भन्नुभएको छ।
अहिले रिकभर हुँदै छ।’ श्रेष्ठका अनुसार नारायणकाजी ललितपुरस्थित किस्ट अस्पतालमा गत १३ गतेदेखि भर्ना गरी उपचाररत छन्।