News

नेपालमा निर्वाचन भयो तर भारत र चीन मौन

नेपालमा निर्वाचन भयो तर भारत र चीन मौन

काठमाडौं । विगतमा निर्बाचन भएलगत्तै स्वागत गर्ने छिमेकी भारत र चीन प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि मौन छन् ।

तर संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र जापानले निर्बाचन शान्तिपूर्ण तथा स्वच्छ रुपमा सम्पन्न भएको भन्दै स्वागत गरेका छन् ।

भारतले निर्बाचन सम्पन्न भइसकेपछि मात्रै प्रतिक्रिया दिने भएको छ । ‘अहिले हतारमा हामी टिप्पणी गर्दैनौं, निर्बाचनको परिणाम आइसकेपछि हार्दिकतापूर्वक धारणा राख्छौं, घटनाक्रमलाई नजिकबाट हामीले नियालिरहेका छौं’, भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपालमा जसको सरकार गठन भए पनि हाम्रो सम्बन्धमा दाँयाँबाँया हुँदैन, हामी नेपालका सबै पक्षसँग निरन्तर संवाद र सम्पर्कमा छौं ।’

चीनले पनि निर्वाचन सम्पन्न भइसकेपछि प्रतिक्रिया दिने नेपाल स्थित चिनियाँ दुताबासका एक अधिकारीले बताए । नयाँ पत्रिका

विशेष