News

भारतले जिताउनै पर्ने भनेका पनि पराजित !

भारतले जिताउनै पर्ने भनेका पनि पराजित !

काठमाडौं । भारतीय राजदूतावासले जिताउनै पर्ने भनेर सरकारलाई बुझाएको लिष्टमा परेका अधिकांश उम्मेदवार पराजित भएका छन् । नाकाबन्दीको समर्थन गरेका र भारतीय रादूवाससँग सूचना शेयर गरिरहने करिब एक दर्जन नेतालाई भारतले जसरी पनि जिताउनुपर्ने भनेको थियो ।

यसरी भारतले जिताउनु पर्ने भनेर सूची बुझाएका लगानी गरेका मध्ये प्रधानमन्त्री पत्नी आरजु देउवा राणा कैलाली ५ मा फराकिलो अन्तरले पराजित भइन । त्यस्तै दमननाथ ढुंगाना भक्तपुर २ मा एमाले नेता महेश बस्नेतसँग दोब्बर मतान्तरले पराजित भएका छन् । ढुंगानाले नाकाबन्दी अझै कसिलो बनाउन राजदूतावासमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

भारतले जिताउनु पर्ने सूचीमा राखेका राप्रापाका सुनिल थापा पराजित भएक छन् । त्यस्तै नाकाबन्दीको बेला भारतको लागि राजदूत भएकै बेला नेपालको विपक्षमा भूमिका खेलेका दीपकुमार उपाध्ययाय पनि पराजित भएका छन् । उनी कपिलवस्त १ मा पराजित भएका हुन् ।

भारतले जिताउनपर्ने सुचीमा राखेका कांग्रेस नेता डा शेखर कोइराला मो्रङ ६ मा पराजित भएका छन् । त्यस्तै भारतले जिताउनुपर्ने सूचीमा राखेका कांग्रेस नेता उदय शमसेर राणा ललितपुर १ मा पराजितभएका छन् । त्यस्तै डा प्रकाशशरण महत पनि काठमाडौ ५ बाट पराजित भएका छन् ।

भारतले जिताउनुर्ने सूचीमा राखेका कांग्रेस नेता गगन थापा भने निर्वाचित भएका छन् । त्यस्तै अमरेश कुमार सिंह सर्लाही ४ मा पराजय उन्मुख छन् ।

साँघु साप्ताहिक

विशेष