विदेश

आत्मघाती पहिरन लगाएर विद्यार्थी नजिक विस्फोट गराउँदा...

आत्मघाती पहिरन लगाएर विद्यार्थी नजिक विस्फोट गराउँदा...

पेशावर, पाकिस्तान । पाकिस्तानको पेशावर शहरमा बुर्काधारी तालिवान लडाकूले एक शैक्षिक संस्थामा शुक्रबार गरेको आक्रमणमा परी छ जना विद्यार्थीसहित कम्तीमा नौ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा ३८ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेमध्ये केही जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । 

पाकिस्तानले इश्लाम गुरु प्रोफेट मोहम्मदको जन्मदिनमा तालिवानी लडाकूले कृषि तालिम केन्द्रको प्रवेशद्वारबाट आक्रमण शुरु गरेपछि केन्द्रका एक जना सुरक्षा गार्ड तथा छ जना विद्यार्थी र दुई जना सर्वसाधारणको मृत्यु भएको थियो । आक्रमणमा सम्लग्न तीन जना विद्रोहीको पनि सुरक्षाकर्मीको प्रत्याक्रमणका क्रममा मृत्यु भएको छ । 

आक्रमणकारी सवैजनाले आत्मघाती पहिरन लगाएका बताइएको छ । तर उनीहरूले आत्मघाती विष्फोट गराउनुभन्दा पहिले सुरक्षाकर्मीको गोली लागि विद्रोही तीनै जनाको मृत्यु भएको एक प्रत्यक्षदर्शीले बताए । 

उक्त शैक्षिक केन्द्रमा सामन्यतया ४०० जनाभन्दा बढी विद्यार्थी उपस्थित हुने गरेपनि शुक्रबार इद ए मिलान पर्वका कारण विद्यालय बन्द रहेकाले आक्रमणका समय १५० जति विद्यार्थी रहेका १६ बर्षीय घाइते एक विद्यार्थी जहिद अल्लाहल बताउनुभयो । घाइतेमध्ये अधिकांश १५ देखि २५ बर्षभित्रका किशोर किशोरी रहेका बताइएको छ । घटनाको पाकिस्तानी तालिवान समूहले जिम्मेवारी लिएको छ । पाकिस्तानी तालिवान समूह तेहरिक ए तालिवानका प्रवक्ता मुहम्मद खुरासनीले फ्रान्सेली समाचार संस्था (एएफ्पी)लाई टेलिफोनमार्फत् जानकारी गराए । 

विशेष