विदेश

दिल्लीमा एक महिला अधिकारकर्मीलाई नाङ्गो पारेर शहरको परिक्रमा गराएपछि........

दिल्लीमा एक महिला अधिकारकर्मीलाई नाङ्गो पारेर शहरको परिक्रमा गराएपछि........

भारतको दिल्लीमा एक महिला अधिकारकर्मीलाई अवैधानिक मादक पदार्थ बिक्री–वितरण विरुद्घ आवाज उठाउने क्रममा स्थानीय व्यक्तिहरूले उनलाई नाङ्गो पारेर शहरको परिक्रमा गराएका छन् ।

उक्त घटना गत हप्ताको हो । ती महिला र उनका कार्यलयका साथीहरू अवैधानिक पसलहरूको खोजिमा रातिको गस्तिमा निस्केका थिए ।

दिल्ली महिला आयोगले ती महिलामाथिको आक्रमणको घटनाको कडा आलोचना गरेको छ । प्रहरीले बताए अनुसार ती महिलामाथि हिंसा भएको तर नाङ्गो पारेर उनलाई परिक्रमा गराइएको थिएन ।

सामाजिक संजालमा अहिले भाइरल भइरहेको एक भिडियोमा ती महिलाले आफूलाई अवैधानिक मादक पदार्थ बेच्ने पसलहरू विरुद्घ आवाज उठाएको भन्दै स्थानीय बिक्रेताहरूले घिसारेको र नङ्गाएको बताइन् ।

 

आयोगले ती महिलाको जीउमा फलामका रडहरूका डाम रहेको बताए । सामाजिक सञ्जालमा आलोचना बढ्दै गएपछि प्रहरीले यस सम्बन्धी अनुसन्धान भइरहेको ट्वीट गरे । उनीहरूले यस घटनालाई “महिलाहरूबीच भएको झगडा” भनेका छन् । महिला प्यानल संस्थाकी अध्यक्ष स्वाती मालिवालले प्रहरीले त्यो घटनालाई महिलाको झगडा भन्नु लाजमर्दो रहेको भनेर ट्वीट गरिन् ।

प्रहरीले हिन्दुस्तान टाईम्स पत्रिकालाईजनाए अनुसार ती महिलाको “कपडा अलिकति च्यातिएको” थियो र आक्रमणकारीहरूमा पुरुष थिएनन् ।

दिल्लीका मुख्यमन्त्री अर्विन्द केजिरिवालले भने, “राजधानीभित्र यस्तो हुनु अचम्मलाग्दो र लज्जास्जपद कुरा हो ।”

हरेक वर्ष धेरै भारतीय नागरिकहरू अवैधानिक मादक पदार्थ सेवनका कारण मर्ने गर्छन् ।
साभारः– बिबिसी

विशेष