News

५ स्थानको मात्रै परिणाम आउन बाँकी को-कहाँ अगाडि

५ स्थानको मात्रै परिणाम आउन बाँकी को-कहाँ अगाडि

काठमाडौं, मंसिर २५ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

घोषित क्षेत्रको मतपरिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७७ स्थानमा जित हासिल गरेको छ ।

त्यसैगरी, वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३७ स्थानमा जित दर्ता गरेको छ । नेपाली कांग्रेसले २१ स्थानमा जित हासिल गर्दा राष्ट्रिय जनता पार्टी राजपा नेपालले १० र संघीय समाजवादी फोरम नेपालले ९ स्थानमा जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक–एक स्थानमा विजयी हुँदा एकजना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अब नति आउन ६ स्थानको मात्र बांकी रहेका छन् । जसमा  स्याङ्जा –१ र २,  कैलाली १, सुनसरी ३, र  सर्लाही ४ रहेका छन् । जसमध्ये ४ स्थानमा वाम गठबन्धनको अग्रता रहेको छ भने १ स्थानमा राजपा पहिलो स्थानमा छ ।

विशेष