विदेश

अमेरिकामा आतंककारीको हमला प्रयास, समातिए बंगाली

अमेरिकामा आतंककारीको हमला प्रयास, समातिए बंगाली

न्यूयोर्क । न्यूयोर्कको मेट्रो रेलमार्गमा सोमबार बिहान आतंकवादी आक्रमणको प्रयास भएको छ । सबवे मार्गमा भएको पाइप बम बिस्फोटको आवाजले भूमिगत रेल्वेमार्ग छिचोल्दै टाइम्स स्क्वायरसम्म सुनिएको थियो । न्युयोर्कजस्तो करोडौँ मानिसहरुको आवागमन हुने सहरमा एकाबिहानैको घटनाले आतंक सिर्जना गरेको छ।

आतंकवादी आक्रमण प्रयासले केही मानिस घाइते भएका छन् भने बिहानीको हतारोमा हजारौँ यात्रुहरुबीच भागदौड मच्चिएको थियो। प्रहरीले बम आक्रमणमा संलग्न बंगलादेशी आप्रवासी २७ वर्षीय अकायद उल्लाहलाई पक्राउ गरेको छ। घटनामा घाइते भएका उनलाई अहिले उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

न्यूयोर्कका सुरक्षा अधिकारीहरुका अनुसार बम उनको शरीरमा बेरिएको थियो। बम राखिएको प्रकृतिले उनले आत्मघाती आक्रमणको प्रयास गरेको सुरक्षाकर्मीले सम्भावना व्यक्त गरेका छन्।

विशेष