News

ओलीले चुनाव जितेपछि भारतमा खैलाबैला

ओलीले चुनाव जितेपछि भारतमा खैलाबैला


काठमाडौं । नेपालमा वामपन्थीको सरकार बन्ने पक्का भएको छ । वाम गठबन्धनले १ सय ६५ सिट मध्ये १ सय १६ सिट प्राप्त गरेको छ । त्यो दुई तिहाई बहुमत हो । वाम गठबन्धनको सरकार बन्ने भएपछि भारतिय मिडियाले अनेकन अड्कलबाजी गर्न लागेका छन् ।

गुजरात विधानसभाको चुनावमा पाकिस्तानको हात रहको भन्ने मोदी सरकाले अब ओली प्रधानमन्त्री बन्ने पक्का भएपछि चीन तर्फ नेपालको झुकाब बढाउने अनुमान गर्दै विभिन्न टिका टिप्पणीहरु गर्न थालेका छन् ।

भारतयी संचारमाध्यम नवभारत टाइम्सका अनुसार सन् २०१५ मा नेपालमा भारतले लगाएको नाकाबन्दीका कारण केपी ओलीको तिक्तता र नेपाली जनताको साथका कारण भारतले हार व्यहोरी नाकाबन्दी फिर्ता लिएको र माओवादीलाई साथमा लिएर भारतले अर्को चाल चल्दै नयाँ सरकार स्थापना गरेको समेत उल्लेख गरेको छ ।

भारत नेपाल जहिल्यै अस्थिरता चाहन्छ भन्ने जवाफ वामगठबन्धनको स्थायी सरकार आएपछि नेपालले भारतलाई हेर्ने दृष्टिकोणमा फरक आएन भने अब चीन र पाकिस्तानको तनाव खेप्दै  आएको भारतले नेपालको पनि अर्को तनाव खेप्नु पर्ने उल्लेख गरेको छ ।

 

 

विशेष