News

समानुपातिकमा ५० लाख भोट गनियो, विवेकशीलले पनि कटायो एक लाख

समानुपातिकमा ५० लाख भोट गनियो, विवेकशीलले पनि कटायो एक लाख

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको एक करोड ५ लाख ८७ हजार ५ सय २१ मतमध्ये अहिलेसम्म ५० लाख ५७ हजार २ सय ६१ मत गणना भइसकेको छ।

समानुपातिकमा नेकपा एमालेको अग्रता रहिरहँदा दोस्रो स्थानमा पाली कांग्रेस छ। कांग्रेसभन्दा एमाले ८३ हजार २ सय ६१ मतले अगाडि छ। बुधबार बिहान सवा ७ बजेसम्मको गणना अनुसार कुन दलको कति मत ?

एमाले– १७ लाख ७४ हजार ७ सय ६३
कांग्रेस– १६ लाख ९१ हजार ५ सय २
माओवादी केन्द्र– ७ लाख १ हजार ४ सय ४७
संघीय फोरम– २ लाख १५ हजार २४
राजपा– १ लाख ५१ हजार १ सय ५५
राप्रपा– १ लाख १६ हजार ५ सय १३
विवेकशील साझा– १ लाख १२ हजार १६
नयाँ शक्ति– ५३ हजार ८
राप्रपा प्रजातान्त्रिक– ३९ हजार ४ सय ३
राष्ट्रिय जनमोर्चा– ३३ हजार ७ सय ४६

विशेष