News

धामीझाँक्रीले बिरामी निको पार्दैनन् भन्दै सर्वोच्च अदालतले दियो यस्तो आदेश

धामीझाँक्रीले बिरामी निको पार्दैनन् भन्दै सर्वोच्च अदालतले दियो यस्तो आदेश

काठमाडौं । सर्वोच्च अदालतले धामीरझाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको छ ।

धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण गरिरहेकाले उनीहरूलाई नियन्त्रणको उपाय खोज्नसमेत सरकारको ध्यानाकर्षण गरिएको छ । बोक्सी आरोपमा क्रूर ढंगले हत्या गरिएकी चितवन बघौडाकी ठेगनीदेवी महतोको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च उक्त निष्कर्षमा पुगेको हो । धामी-झाँक्रीको अन्धविश्वासमा छिमेकीले महतोलाई मट्टितेल छर्केर आगो लगाई हत्या गरेका थिए ।

२०६८ फागुन ५ गते दर्जनौं प्रत्यक्षदर्शीका सामु महतोको जघन्य हत्या भएको थियो। सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासको पूर्ण फैसला सर्वोच्चले मंगलबार सार्वजनिक गरेको छ । ‘बोक्साबोक्सी, भूतप्रेत हुँदैनन् । धामीझाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठीक पार्न सकिँदैन ।

आजको अन्नपूर्णमा खबर छ

विशेष