News

किन गए अचानक, गगन थापा दक्षिण अफ्रीका ?

किन गए अचानक, गगन थापा दक्षिण अफ्रीका ?

काठमाडौं । प्रतिनिधी सभा र प्रदेश सभामा नमिठो हार बेहोरेको नेपाली कांग्रेस अहिले मानसिक रुपमा अत्यन्तै बिचलित रहेको भन्ने प्रतिक्रियाहरु आएका छन् । धेरैले पार्टी सभापती शेर बहादुर देउवालगायत नेपाली कांग्रेसको असक्षम नेतृत्वका कारण पार्टीले पराजय भोग्नु परेको टिप्पणीसमेत गरेका छन् । यस्तोमा नेपाली कांग्रेसका प्रभावशालीे नेता गगन थापा भने मतदातालाई धन्यबाद दिने काम बिचैमा छोडेर साउथ अफ्रीका रवाना भएका छन् ।


स्वयम थापाले चुनाब जितेलगत्तै दिएको प्रतिक्रियामा पनि कांग्रेसका शिर्ष नेताको असक्षमताका कारण पार्टीले हार बेर्होनु परेको बताएका थिए ।


यस्तोमा गगन थापा नै नेपाली कांग्रेसको रक्तसंचार गराउन महत्वपूर्ण भूमिका निभाउन सक्छन भन्ने राजनीतिक बिश्लेषण गरीएका छन् । उनलाई नेपाली कांग्रेसको भावी सभापतीको रुपमा सबैले खोजीरहेका छन् । अबको नेतुत्व उनैको हातमा आयो भनेमात्र मुलुकमा पूनः नेपाली कांग्रेस हाबी हुनसक्ने अनुमान पनि भएका छन् ।

यस्तो संक्रमणकालिन स्थितीमा उनी किन गए त साउथ अफ्रीका ?


उनी साउथ अफ्रीकाको जोहान्सनवर्गमा आयोजना भइरहेको एक स्वास्थ्यसम्बन्धी गोष्ठीमा सहभागी हुन बुधबार साउथ अफ्रीका प्रस्थान गरेका थिए । ‘ल्यानसेट कमिसन अन हाई क्वालिटि हेल्थ सिस्टम’ भन्ने बैठकमा सहभागी भइरहेको कुरा उनैले फेसबुक मार्फत भनेका छन् । जहाँ विश्वभरिका स्वास्थ्य क्षेत्रमा काम गर्ने प्रतिनिधीहरुको उपस्थिती रहेको छ ।

 

विशेष