गोर्खाली सेनाले पायो उत्कृष्ट कार्य गरेबापत पदक

काठमाडौं । दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत उक्त पदक दिइएको काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय कार्यालयले जनाएको छ ।
रोम्बेकमा आयोजित समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमान्डर लेफ्टिनेन्ट जनरल फ्रान्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक प्रदान गरेका हुन् ।
नेपाली सुरक्षा निकायले विश्व शान्तिमा निर्वाह गरेको भूमिकाप्रति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट उनले नेपाल सरकारलाई धन्यवादसमेत दिएको विज्ञप्तिमा जनाइएको छ ।्
कान्तिपुर दैनिकबाट