विदेश

क्यानडाका यी दम्पती मृत भेटिए, प्रहरीले भन्यो शंकास्पद

क्यानडाका यी दम्पती मृत भेटिए, प्रहरीले भन्यो शंकास्पद

क्यानडा । क्यानडाका एक धनाड्य दम्पती मृत फेला परेका छन् ।  व्यापारी शेरम्यान र उनकी श्रीमतीको शव बेसमेन्टमा फेला परेको बताइएको छ ।

उनी औषधी कम्पनी एपोटेक्सका संस्थापक र अध्यक्ष थिए। प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ। व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए।

प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन। तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए। एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो । फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३.२ अर्ब डलर रहेको बताउँछ।

विशेष