News

बस दुर्घटना ४१ जना घाइते

बस दुर्घटना ४१ जना घाइते


काठमाडौं । धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरित दिशातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ।

दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो। अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। 

विशेष