News

हेटौँडालाई राजधानी बनाउन माग

हेटौँडालाई राजधानी बनाउन माग

काठमाडौँ । नेपाली काँग्रेस मकवानपुरका अध्यक्ष एवं नवनिर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी घोषणा गर्दा उपयुक्त हुने बताएका छन् । 

यहाँ आज आयोजित कार्यक्रममा उनले जनताको चाहना र पूर्वाधारका आधारमा हेटाैँडालाई राजधानी घोषणा गर्न माग गरे ।

त्यहाँ क्षेत्रीय वन कार्यालय, सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने भएकाले आफूले यो विचार अघि सारेको उनले उल्लेख गरे ।

हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनेबारे आफूले प्रधानमन्त्री देउवासँग पनि कुरा गरिसकेकाले उपर्युक्त निर्णय हुने उनको विश्वास थियो ।

नेता बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि सबै दलसँग छलफल भइरहेको जानकारी दिए ।

विशेष