News

प्रधानसेनापतिद्वारा ‘संवेदनशील’ जिल्लाको भ्रमण

प्रधानसेनापतिद्वारा ‘संवेदनशील’ जिल्लाको भ्रमण

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने कार्यमा सचेतापूर्वक लाग्न सेनाका सकल दर्जाहरुलाई निर्देशन दिएका छन् ।

सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाहरुको भ्रमण गर्नेक्रममा प्रधान सेनापति क्षेत्रीले यस्तो निर्देशन दिएका हुन् । उनले सिरहा, धनुषा, रौतहट र बारामा निर्वाचनलाई लक्षित गरेर खडा भएका सुरक्षा ‘बेस’हरुको निरीक्षण गरेको सेनाले जनाएको छ । प्रधानसेनापति क्षत्रीले काठमाडौं–तराई जोड्ने द्रुतमार्ग निर्माणका लागि बनेको आधारशिविर पनि अवलोकन गरेको पनि जनाइएको छ ।

साथै, मकवानपुरको दोभान र बाराको निजगढमा निर्माण भएका दुई आधारशिविरको उद्घाटनसमेत उनले गरेका थिए ।

विशेष