विदेश

चिलीमा भारी वर्षा, पाँच जनाको मृत्यु कयौं बेपत्ता

चिलीमा भारी वर्षा, पाँच जनाको मृत्यु कयौं बेपत्ता

काठमाडौं । चिलीमा भारी बर्षापछि आएको पहिरोमा पाँच जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर कयाैं बेपत्ता भएका छन् । चिलीको दक्षिणी क्षेत्र भिल्ला शान्ता लुसियामा रहेका दर्जनौं घर पहिरोमा पुरिएका हुन् । पहिरोका कारण बिजुली आपूर्ति बन्द भएकाले हजारौं सर्वसाधारण अँध्यारोमा बस्न बाध्य छन् । पहिरोमा पुरिएकाको खोजी गर्न सयौं उद्धारकर्मी परिचालन गरिएको छ ।

अझैै केही दिन बर्षा जारी रहने मौसमविद्हरुले जनाएका छन् । पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । राष्ट्रपति मिजेल बाचेलेटले पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै मुलुकमा संकटकाल घोषणा गरेका छन् ।

विशेष