जस्मिनसँग सौगातको पञ्चेबाजा

जस्मिनसँग सौगातको पञ्चेबाजा

काठमाडौं । सौगात मल्ल अभिनित चलचित्र पञ्चेबाजा’ आगामी फागुन ११ मा रिलिज हुने भएको छ ।

एकपछि अर्को गर्दै सौगात मल्लका सिनेमाहरू असफल भइरहेका छन् । पछिल्ला ६ ओटा चलचित्रमध्ये उनको फिल्म फाटेको जुत्ताले आशा लाग्दो व्यापार ग¥यो । बाँकी सिनेमा सबै असफल भए ।

उक्त चलचित्रमा सौगात मल्ल, बुद्धि तामाङ र अभिनेत्री जस्मिन श्रेष्ठ रहका छन् । राजधानीमा एक कार्यक्रम गरी फेरि मौलिक चलचित्रका रूपमा पञ्चेबाजा ल्याउन लागेको उनले बताए । उनको यस अघि ‘धौली’ र ‘अग्नीदहन’ जस्ता चलचित्र आईसकेका छन् ।

‘पञ्चेबाजा’का निर्माता राजेश शाही र सह निर्माता सारा गुरुङ हुन् । जसमा सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरीको अभिनय छ । प्रदिप भारद्वाजले लेखेको यो चलचित्रलाई हरि घले लामाले खिचेका हुन् ।

संम्बधित खबर

विशेष