News

कैलालीमा बस पल्टियो, सह–चालकको निधन, चार घाइते

कैलालीमा बस पल्टियो, सह–चालकको निधन, चार घाइते

धनगढी । कैलालीमा पर्ने पूर्वपश्‍चिम राजमार्गमा बस पल्टिदा सह–चालकको ज्यान गएको छ ।

दुर्घटनामा ४ जना सामान्इ घाईते भएका छन। धनगढीबाट टिकापुर गईरहेको कर्णाली यातायातको से १ ख ११९२ नम्बरको बस गौरीगंगा

नगरपालिकाको राजीपुर बढैपुर खण्डमा दुर्घटना हुदा सहचालकको ज्यान गएको हो ।दुर्घटनामा सामान्य घाईते भएका ४ जनाको राजिपुर स्थित स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सडकमा बाक्लो हुस्सु र कुहिरोका कारण बस पल्टीएको हुन सक्ने अनुमान गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायव निरिक्षक मदनराज जोशीले जानकारी दिए।

विशेष