१० धुर जग्गामा लगाएको गाँजा नष्ट

सर्लाहीकाे बागमती नगरपालिका ८ राजघाट ठकुरी टाेलमा प्रहरीले १० धुर जग्गामा लगाएकाे झण्डै पाँच सय बाेट गाँजा नष्ट गरेकाे छ ।
स्थानीय ६ घरधुरीले १० धुर जग्गामा लगाएको गाँजा खेती नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए । लागु औषध गाँजाको खेती भैरहेको सुराकी पाएर ठकुरी टोलमा प्रहरी पुगेपछि गाँजाखेती गर्ने मानिस भने फरार भएका थिए ।
आइतबार राजघाटबाट गएको प्रहरी टोलीले गाँजाखेती नष्ट गरेको हो ।
weed sarlahi