News

जय नेपाल र लालसलाम चिया पसल

जय नेपाल र लालसलाम चिया पसल

लहान । सिरहा निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेस र वाम गठबन्धनका नेता, उम्मेदवार र कार्यकर्ता भेट्ने थलो भएका छन् चियापसल।

लहानको लोकतान्त्रिक चोकमा रहेका चिया पसल पूर्वपट्टी लालसलाम र पश्चिमपट्टी जय नेपाल चिया पसलमा विहानैदेखि उम्मेदवार नेताहरु भेला भएर गन्तव्यतिर लाग्ने गरेको दृश्यले जोसुकैलाई नयाँ र अनौठो लाग्न सक्छ तर यथार्थ यही रहेको छ। पार्टी कार्यालय सुनसान हुन्छन् तर चियापसलमा विहान बेलुका भीड।

दुवै दलका नेता एकै ठाउँमा मित्रवत ब्वहार गरेर आफ्नो पार्टीको चुनावी गीत बजाइरहँदा स्थनीयले मञ्चमा एक अर्काको विरुद्धमा खरो उत्रिने नेतासँगै टाँसिएर रहनुले आश्चर्यचिकत नाएको छ। लहानको लोकतान्त्रिक चोकमा टाँसिएरै रहेका लालसलाम र जय नेपाल चिया पसल विहान बेलुका दुवै पार्टीका नेताको बसाइ र प्रचार प्रसार गर्ने ठाउँ बनेका छन्। दुवै दलको मैत्रीपूर्ण प्रचार प्रसारको शैलीलाई सबैले प्रशंसा पनि गरेका छन्। स्थानीय चुनावमा पनि यही शैली थियो। यतिबेला पनि दुवै दलका नेता कार्यकर्ता सँगसँगै चिया पसललाई चुनाव प्रचार प्रसारमा हिँड्नुअघि भेला हुने साझा स्थल बनाएका छन्।

जय नेपाल चिया पसलमा कांग्रेसका कार्यकर्ता बसेर आफ्नो दलको कुरा गरिरहँदा लालसलाम चिया पसलमा बसेका वाम गठबन्धनका नेता कार्यकर्ता सुनिरहेका हुन्छन्। लालसलाम चिया पसलमा वाम गठबन्धनका उम्मेदवार गंगाप्रसाद यादव विहान बेलुका आउने गर्छन् भने नेपाली कांग्रेसका उम्मेदवार प्रदिप गिरि अनुकुल समयमा मात्र आउँदा पनि नेता कार्यकर्ता भरिभराउ हुने गरेका छन्। लालसाल चिया पसलमा वाम गठबन्धनका कार्यकर्ता बोलिरहँदा कांग्रेसका नेता कार्यकर्ता सुनिरहेका हुन्छन् तर आजसम्म कहिले पनि दुवै दलबीच कुनै असहज वातावरढ नबनेको दुवै पसल सञ्चालक बताउँछन्।

अरुबेला एक अर्कालाई देखि नसक्ने वातावरण भए पनि चिया पसलमा आउँदा दुवै दलका नेता संयमित भएर आफ्नो काममा लाग्छन् हामीलाई नै आश्चर्य लागेको छु लालसलाम चियापसलका सञ्चालक रामऔतार साहले भने।

गाेरखापत्र

विशेष