News

प्रकाश खोज्दै प्रचण्डका मतदाता

प्रकाश खोज्दै प्रचण्डका मतदाता

भरतपुर । पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले संयुक्त चुनावी सभामा सम्बोधन गरेनन् । दाहालपुत्र प्रकाशको मंसिर ३ मा काठमाडौंमा निधन भएको हो ।

पुत्र शोकमा रहेका बेला पनि सभामा उपस्थिति भएको घटनालाई भरतपुरका स्थानीयले गम्भीर र संवेदनशील रूपमा लिएका छन् । पुत्र शोकको पीडालाई विस्तारै भुल्दै दोस्रोपटक सपरिवार भरतपुर पुगेका दाहालले यसपटक भने चुनावी अभियानका क्रममा घरदैलोलाई तीव्रता दिएका छन् ।

दाहालले माओवादी सशस्त्र युद्धका बेला ३९ जनाको ज्यान लिने गरी गराइएको स्थल माडीमा आयोजित चुनावी सभामा सम्बोधन गरी माडी घटना सशस्त्र युद्धकालकै सबैभन्दा दुःखद भनी टिप्पणी गर्न भ्याए । यो सम्बोधनपछि दाहालको पक्षमा त्यहाँका मतदाता उभिनसक्ने अवस्था बनेको माओवादी कार्यकर्ता बताउँछन् ।

नेपालको चुनावमा ‘सेन्टिमेन्ट’ ले पनि अर्थ राख्ने गरेको छ । विगतका केही यस्ता उदाहरण पनि छन् । दाहाललाई पनि पुत्र शोकमा रहेको सेन्टिमेन्टले मद्दत गर्ने अनुमान लगाउने पनि कम छैनन् । आजको अन्नपूर्णमा खबर छ ।

विशेष