News

बाग्लुङमा तीन दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा नआएपछि सेना खटाईयो

बाग्लुङमा तीन दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा नआएपछि सेना खटाईयो

बागलुङ। बागलुङको ताराखोला स्थित जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा नआएपछि आगो निभाउन नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले डढेलो नियन्त्रणका लागि नेपाली सेनाको टोली शुक्रबार बेलुकै डढेलो लागेको ठाउँतर्फ गएको जानकारी दिनु भयो ।

स्थानीय वासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिन नसकेपछि नेपाली सेनाको टोली पनि परिचालन भएको हो । बिहीबार दिउँसो ताराखोलाको वडा नम्बर–५ लाबाङ खरबारीबाट लागेकोे डढेलो जंगलमा फैलिएर प्राकृतिक सम्पदा नष्ट गरिरहेको छ ।

 

विशेष