उत्तर कोरियाका एजेन्ट अस्ट्रेलियामा पक्राउ
काठमाडौं । उत्तर कोरियाका लागि एजेन्टको रुपमा काम गर्ने एक ब्यक्ति अस्ट्रेलियामा पक्राउ परेका छन् ।
५९ बर्षिय चान हान चोई नामका ब्यक्ति अबैध हातहतियार निर्यात र सामूहिक बिनासको हतियार आपूर्तिमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।
३० वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका चोईमाथि उत्तर कोरियाका उच्च अधिकारीहरुसँग सम्पर्कमा रही गैरकानुनी काम गरेको आरोप लगाइएको छ । पक्राउ परेका चोईमाथि उत्तर कोरियाको दलाली गरेको आरोपसमेत लगाइएको छ ।
चोईले इन्डोनेसिया र भियतनामलाई अनधिकृत रुपमा कोइला बिक्री गरेको र बिदेशी संस्थामा ब्यालेस्टिक मिसाइल प्रबिधिका बारेमा उत्तर कोरियालाई निरन्तर रुपमा सघाइरहेको आरोप पनि लागेको छ । चोईमाथि थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।