News

जापानी राजदूतद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

जापानी राजदूतद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको सो भेटमा आपसी हितका बारेमा कुराकानी भएको बताइएको छ ।

राजदूत ओगावाले एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

विशेष