गगन थापासँग संगत छ, मलाई के को डर छ भन्दै गैरकानूनी हर्कत गर्ने भारतीय नागरिक पक्राउ पर्ने
जिल्ला प्रशासन कार्यालय काठमाडौँले भारतीय संदिग्ध नागरिक अगंत सिंहलाई पक्राउ गरी उनको नेपाली नागरिकताको छानबिन गर्ने जनाएको छ । सहायक जिल्ला प्रशासन अधिकृत ललित बस्नेतले सिंहको नागरिकताका विषयलाई गम्भीररुपमा लिइएको र उनलाई पक्राउ गरी छानबिन अगाडि बढाउन सकिने जनाए ।
भारतीय नागरिक रहेका सिंहले बशंजका आधारमा नेपाली नागरिकतापनि लिएको तथ्यसहित नेपाल आजले समाचार प्रकाशित गरेको थियो । सप्रमाण समाचार प्रकाशित भएपनि अंगद सिंहका बारेमा प्रशासन मौन रहँदै आएको थियो । हालै एक महिलाले सिंहको नागरिकता छानबिन गरी कारबाही गर्न नेपाल सरकारलाई आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी थिइन् ।
काँग्रेस युवा नेता गगन थापा निकट रहेको र आफुलाई कसैले केही गर्न नसक्ने बताउँदै आएका सिंहका बिरुद्धको उजुरी जिल्ला प्रशासनले दर्ता गर्न मानेको थिएन । महिलाले घण्टौँसम्म जिद्धि गरि प्रशासन कार्यालयमै पत्रकार सम्मेलन गर्ने चेतावनीसमेत दिएपछि सिंहका बिरुद्धको उजुरी दर्ता भएको थियो । दर्ता गरिएको निवेदनका बारेमा छानबिन भने अगाडि बढेको छैन । यसै बिषयमा नेपाल आजले सहायक प्रजिअ बस्नेतसँग जानकारी लिएको थियो । उनले उजुरी प्रहरीका सवालमा नेपाल प्रहरीलाई अनुसन्धान गर्न लगाउने बताएका छन् ।
बस्नेतका अनुसार प्रहरीले अनुसन्धान गरी नेपालको न्याय प्रशासन ऐन, २०४८ बमोजिम अदालतमा लैजानसक्छ । अदालतले उनकोे दोहोरो नागरिकता लिएको फेला पारेमा निजको नेपाली नागरीकता रद्ध हुनुका साथै हदैसम्मको कारबाही हुनसक्ने बस्नेतले जानकारी दिए ।
सरकारी छाप दस्तखत किर्ते मुद्धामा उनी पर्न सक्छन् । मुलुकी ऐन किर्ते कागजको महलको १, ९ र १२ नं. अनुसारको कसूर अपराध गरेको देखिएमा निजलाई सोही महलको ९ नं. अनुसार सजाय गरी ऐजन १२ नं. अनुसार थप सजाय पनि हुनसक्छ ।
यसअघि तत्कालीन पुनरावेदन अदालत पाटन र हालको उच्च अदालतले एक तिब्बतीयन नागरीकलाई यस्तै किसिमकोे अपराधका लागि कसुरदार ठहर्याइएको थियो ।
सरकारी छाप दस्तखत किर्ते मुद्धा एक गम्भिर किसिमको फौजदारी कसुर हो, फौजदारी अभियोग प्रमाणीत भएमा अदालतले फैसला गरेकै अधारमा कसुरदारले सजाय भोग्नुपर्ने नेपालको कानुन छ, माफी मिनाह वा धरौटीमा छुट्न सकिदैन् ।
दोहोरो नागरिकताको बिषय सार्वजनिक भएसँगै सिंह फरार रहेको बताइन्छ ।
र यो पनि,
कीर्ते नागरिकताधारी अंगद सिंहविरुद्ध उजुरी, उजुरी दर्ता गर्न सिडिओ अफिसमा आनाकानी