विदेश

अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायती प्रधानमन्त्री मेबिच झगडा

अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायती प्रधानमन्त्री मेबिच झगडा


काठमाडौं । दशकौँदेखि आन्ध्र महासागर वारिपारिका अमेरिका र बेलायत अनेकौँ अन्तर्राष्ट्रिय मुद्दामा सहयात्री रहँदै आएका छन्। तर अमेरिकामा डोनाल्ड ट्रम्पको उदयपछि यो गठबन्धनमा विभिन्न खालका संकट देखिएका छन्।

हालै ट्रम्प र बेलायती प्रधानमन्त्री टरिसा मे नै एकअर्काको विरोधमा उत्रिएका छन्, त्यो पनि ट्विटरमा सेयर गरिएको सामग्रीको विषयलाई लिएर।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर २९ मा बेलायतको एक दक्षिणपन्थी समूहकी एक नेतृले सेयर गरेको मुस्लिमविरोधी तीन ओटा भिडियो रिट्विट गरेका थिए।

ती भिडियोमा मुस्लिमहरु हिंस्रक क्रियाकलापमा संलग्न भएको र भर्जिन मेरीको मूर्ति तोड्दै गरेको देखिएको थियो।  ब्रिटिस फर्स्ट नामक सो समूहकी नेतृ जयदा फ्रान्सेनको ट्विट ट्रम्पले सेयर गरेपछि बेलायती प्रधानमन्त्रीको कार्यालयले त्यसको आलोचना ग¥यो। प्रधानमन्त्री टरिसा मेका एक प्रवक्ताले ‘राष्ट्रपतिले त्यसो गर्नु गलत भएको’ टिप्पणी गरेका थिए।

अन्य बेलायती नेताहरुले पनि यस विषयमा ट्रम्पको आलोचना गरेका छन्। प्रधानमन्त्री कार्यालयको आलोचनाबाट ट्रम्प क्रुद्ध भए। उनले तत्कालै ‘बेलायतमा भरहेका इस्लामिक आतंकवादी हमलाहरुमा केन्द्रित हुन’ प्रधानमन्त्री मेलाई सुझाव पनि दिइहाले।

ट्रम्पको यो व्यवहारबाट थुप्रै मानिस चकित भएका छन्। कतिपयले यो विवादलाई अनावश्यक भनेका छन्। बेलायती प्रधानमन्त्री टरिसा मे ह्वाइट हाउस पुगेर ट्रम्पलाई भेट्ने पहिलो विदेशी नेतृ थिइन्। मेले सँधै अमेरिकासँग ‘विशेष सम्बन्ध’ रहेको बताउँदै आएकी छन्। एजेन्सी

विशेष