News

रोकिएन भूकम्प फेरि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो

रोकिएन भूकम्प फेरि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो


काठमाडौं । काठमाडौँमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । लामो समयपछि फेरी भूकम्पको ठूलो धक्का महसुस गरिएको हो ।

५ बजेर १८ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको शक्तिशाली गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय ८० भन्दा बढी पराकम्प गएका अहिले सम्म गैसकेका छन् ।

भूकम्प गएको लामो समय बितिसक्दा पनि अहिलेसम्म परकम्प आउने क्रम रोकिएको छैन् । समय समयमा साना साना पराकम्पहरू गइरहेका छन् ।

विशेष