न्यायपालिका संवैधानक दायित्वबाट विमुख हुँदैनः प्रधानन्यायधीश
काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायपालिकाको मूल्य र मान्यताको सम्बद्र्धन गर्न न्यायिक अभ्यासलाई अझै व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।
न्याय परिषदको २७ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले जस्तोसुकै परिस्थितिमा पनि न्याय परिषद आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न विमुख नहुने उल्लेख गरे ।
न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश पराजुलीले न्याय प्रशासनलाई प्रभावकारी बनाउन लागू गरिएको न्यायिक सुधारका ३९ बुँदे मार्गचित्रका आधारमा समान प्रकृतिका मुद्दाको एक साथ सुनुवाई गर्ने, अतिरिक्त समयमा इजलास सञ्चालन गर्र्ने र सूचना प्रविधिको प्रयोग मार्फत न्यायपालिकाको कामलाई प्रभावकारी बनाउने प्रयास जानकारी दिए ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले मुलुकमा न्यायिक शुसान कायम गर्न न्यायिक अनुगमन शुरु गरिएको र जिल्ला न्यायाधीशको नियुक्ति खुल्ला प्रतियोगिताद्वारा गर्ने व्यवस्था गरिएको बताए ।
सर्वोच्च अदालतका न्यायाधीश एवं परिषद सदस्य दीपकराज जोशीले परिषद आफ्ना काम कारवाहीलाई थप शसक्त र प्रभावकारी बनाउन प्रयत्नशील रहेको उल्लेख गरे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केकसीले उच्च अदालतलाई कानूनले समेत महत्वपूर्ण जिम्मेवारी दिएकाले उच्च अदालतमा रिक्त न्यायधीशको व्यवस्थापन तत्काल गर्नुपर्ने बताए ।
gopal prasad parajuli