News

ठेकेदारलाई ७५ लाख जरिवाना

ठेकेदारलाई ७५ लाख जरिवाना

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट ७५ लाख रुपैया जरिवाना असुल गरिएको छ । सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सडकको पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किमी सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

पहिलो खण्डको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीबाट रु आठ लाख र तेस्रो खण्डको सुप्रिम तथा रौताहा निर्माण कम्पनीबाट ६७ लाख रुपैया जरिवाना असुल गरिएको छ । उक्त सडकखण्ड दुई वर्षभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दुई अर्ब ९० करोडमा ठेक्का दिइएको थियो ।

 

 

Narayangad Muglin

विशेष