News

७ सय ५३ वटै स्थानीय सरकारको वेबसाइट तयार

७ सय ५३ वटै स्थानीय सरकारको वेबसाइट तयार

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ ।

वेबसाइट अद्यावधिक गरे-नगरेको, सरकारले गरेका निर्णय-सूचनालगायत अपलोड गरे–नगरेको, आय–व्ययको विवरण, विद्युतीय सेवा प्रवाहलगायत आधारमा ती वेबसाइटलाई मन्त्रालयले स्तरीकृत (र्‍यांकिङ) गर्नेछ ।

‘यसले स्थानीय सरकारपिच्छे फरक ढाँचा हुनबाट बचाएको छ, उत्तरदायी र पारदर्शिता वृद्धि गर्नुको साथै सूचना प्रवाहमा हुने फरकपनालाई अन्त्य गर्नेछ,’ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने ।

मन्त्रालयले स्थानीय सरकारको वेबसाइट र जिआइएस म्यापलगायत समेटेर मोबाइल एप्स पनि तयार गरेको छ । प्रयोगकर्तालाई एप्स प्रयोग गर्ने तरिकालगायतका जानकारी दिन प्रयोगकर्तापुस्तिका र भिडियो ट्युटोरियलसमेत बनाइएको छ । सो पुस्तिका र ट्युटोरियल अहिले मन्त्रालयको वेबसाइटमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको सूचना तथा विद्युतीय शासन शाखा अधिकृत देवेन्द्रकुमार झाले बताए ।

एप्समा के–के छ ?

स्थानीय निकायबारे जानकार दिने मोबाइल एप्सको सुरुवातले भौगोलिक रूपले विकट रहेका स्थानीय तहको सूचना प्राप्त गर्न सकिने र स्थानीय तहलाई जनताको अझ नजिक पुर्‍याउने मन्त्रालयको विश्वास छ ।

सो एप्स तत्कालका लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर डाउनलोड गरी हेर्न सकिनेछ । एप्समा स्थानीय सरकार र त्यसअन्तर्गतका वडासम्मको जानकारी उपलब्ध छ ।

विशेषगरी जनसंख्या, क्षेत्रफल, जिल्लामा रहेका स्थानीय तह र वडाको संख्यालगायत विवरण एप्सबाट सहजै हेर्न सकिनेछ । अहिले मन्त्रालयको वेबसाइट mयाबमि नयख।लउ मा राखिएको जिआइएस म्याप क्लिक गरेर पनि स्थानीय तहको नक्सासहित विस्तृत जानकारी थाहा पाउन सकिनेछ ।

मन्त्रालयले प्रयोगकर्तालाई कुनै कठिनाइ भएमा मन्त्रालयको सूचना तथा विद्युतीय शासन शाखा वा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको कार्यक्रम समन्वय एकाइ र क्षेत्रीय समन्वय एकाइहरूमा सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ । नयाँ पत्रिका दैनिकमा छ ।

विशेष