News

सिडिओहरु प्रदेश सरकारमातहत नबस्ने

सिडिओहरु प्रदेश सरकारमातहत नबस्ने

काठमाडौं । देशैभरीका प्रमुख जिल्ला अधिकारी सिडिओहरुले आफूलाई प्रदेश सरकारमातहत नराख्न माग गरेका छन्।

उनीहरुले जिल्ला प्रशासन कार्यालयहरुलाई केन्द सरकार मातहत रहनेगरी कानुन बनाउन पनि माग गरेका छन्। ७७ वटै जिल्लाका सिडिओहरुले आफूहरुको सुझाबविपरित जिल्ला प्रशासन कार्यालयलाई प्रदेश सरकारअन्तर्गत राखिए असहयोग गर्नेसमेत चेतावनी दिएका खबर  आजको कारोबार दैनिकमा छ ।

सिडिओहरुको यो मागले प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र त्यसअन्र्तत बन्ने प्रदेश गृहमन्त्रालयसँग क्षेत्रीय तथा जिल्ला सुरक्षा प्रमुखहरुबीच अधिकार क्षेत्रबारे द्वन्द्व सिर्जना हुने संभावना वढेको छ।

विशेष