विदेश

बेलायती दूतावसमा काम गर्ने महिला मृत फेला

बेलायती दूतावसमा काम गर्ने महिला मृत फेला

काठमाडौं । लेवनानस्थित बेलायतको दूतावासमा काम गर्ने एक बेलायती महिला मृत अवस्थामा फेला परेकी छन् ।

लेवनान प्रहरीले बेरुतस्थित एक मुख्य सडक किनारामा रिबेका डाइक्स नामकी ती महिलाको शव फेला परेको जनाएको छ । उनको घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । रिबेका गत जनवरीदेखि बेरुतमा अन्तर्राष्ट्रिय विकास विभागको कार्यक्रम एवम् नीति प्रबन्धकको रुपमा काम गर्दै आएकी थिइन् । स्थानीय प्रहरीले घटनाबारे छानबिन शुरु गरिएको जनाएको छ ।

विशेष