News

चुनावअघि धानकाटेका सिलवालको सांसद भएपछि यस्तो शान

चुनावअघि धानकाटेका सिलवालको सांसद भएपछि यस्तो शान


काठमाडौँ । नेपाल प्रहरीलेमा किचलो निकालेर विवादित बनेको पूर्व डिआइजी नवराज सिलवाल चुनावको मुखमा नेकपा एमालेमा प्रवेश गरे । उनले दिएको राजिनामा स्वीकृत नहुँदै उनको पार्टी प्रवेश पनि विवादित बनेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले आफूलाई प्रहरी प्रमुख नबनाएको भन्दै सिलवाल सर्वोच्चको शरणमा पुगेका थिए । सिलवाल एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने बेलासम्म सिलवालको राजिनामा पत्र स्वीकृत भएको थिएन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई गृहमन्त्री बनाएर प्रचण्डलाई देखाउने भन्दै भाषण गरेका थिए भने प्रचण्डले कारवाही गरेरै छोड्‍ने । यो ओली र प्रचण्डको जुहारी चलेको बेलाको कुरा हो । पार्टी प्रवेशसँगै सिलवाललाई ओलीले टिकट दिएर चुनावी मैदानमा ललितपुर पठाए ।

प्रहरी प्रशासनको ज्ञान भएपनि राजनीतिक शिकारु सिलवालले चुनाव प्रचारको क्रममा आफूले जानेका र सुनेका सबै गतिविधि गरे । मतदाताको खेतबारीमा घास काट्ने जस्ता कार्य गरेर सामाजिक सञ्जाल र मिडियामा चर्चाका आए सिलवाल ।

चुनावको बेला हिलोमा गएर धान काटेजस्तै गर्थे । चुनाव अवधिमा मतदाताजस्तै जीवनशैली बनाएका सिलवालले चुनावको परिणाम आएर जितेपछि भने पूरानै पारा देखाए । चुनावको बेला हात जोडेर नमस्कार गर्दै भोट माग्न गाउँघरमा पुगेका सिलवाल जितेपछि भने घोडामा मतदाताको घरमा पुगे । उनले घोडमाथिबाटै कालो चश्मा लगाएर हाल हल्लाए । र, घोडा डोर्‍याउन एमालेका स्थानीय कार्यकर्तालाई लगाए ।

यति चाडै सिलवालको फेरिएका शैलीले ललितपुरका मतदातालाई झस्काएको छ ।

विशेष