News

नेपाली बहादुरीबाट कायल भएका थिए बेलायती सेना

नेपाली बहादुरीबाट कायल भएका थिए बेलायती सेना

एजेन्सी । दुई सय वर्षअघि ऐतिहासिक नालापानी युद्धको प्रत्यक्षदर्शी रहेको खलंगाको किला आफ्नै संरक्षणको लागि गुहारिरहेको छ ।

खलंगा उत्तराखण्डको राजधानी देहरादूनको नजिक पर्छ । अंग्रेजले नालापानीको युद्धमा नेपाली सैनिकको हत्यागरेको थियो । तर, पनि तिनै अंग्रेज नेपालीहरुको वीरताबाट कायल भएका थिए ।

देहरादून शहरमा करिब ५ किलोमिटर टाढा सहस्रधारा रोडस्थित खलंगा किलामा उक्त युद्धसँग जोडिएको आफ्नै किसिमको अनौठो स्मारक पनि रहेको छ ।

स्थानीय नेपाली समुदायका मानिसहरु भन्छन रेखदेखको अभाव कारण उक्त किल्ला नष्ट हुने अवस्थामा छ । त्यहाँका मानिसहरु भन्छन् की उक्त स्थानको संरक्षणको जिम्मेवारी भारत सरकारको हो भनेर बिबीसी हिन्दीमा फडिन्द्र दाहालले लेखेका छन् । स्थानीयहरु उक्त पुरातात्विक स्थलको संरक्षणको लागि नेपाली अधिकारीहरुले पनि चासो देखाउनुपर्छ भन्ने चाहन्छन् ।

त्यस स्मारक ब्रिटेनसेनाको जीत र नेपाली सेनाको वीरताको कहानीको साक्षतकार हो । ब्रिटानी सैनिकले नेपाली सैनिकको हारको बाबजुद उनीहरुको बहादुरीबाट प्रसन्न भएका थिए । दुई सय वर्ष पहिला भिषण युद्ध भएको उक्त ठाउँ अहिले शान्त छ ।

भिषण युद्धमा नेपाली सेनाको बहादुरीबाट कायल भएर ब्रिटानी फैजले खलंगाको किल्लाको पानी आपूर्ती बन्द गरिदिएका थिए । पानी बन्द गरिदिएपछि नेपाली फौजका कमाण्डर बलभद्र कुवँरले आप्mनो इच्छामा नालापानी छोड्ने घोषणा गरे । उनी ७० जना सैनीकको साथमा नालापानीबाट निस्किएका थिए ।

त्यस युद्धपछि तत्कालिन इस्ट इण्डिया कम्पनीको सरकारले त्यहाँ आफ्नो जनरल जिलेस्पी र बलभद्र कुवँरको यादमा दुईवटा स्मारक बनायो जसमा बलभद्र र उनको फौजलाई ‘वीर दुश्मन’ को नामले सम्बोधन गरिएको छ ।

बलभद्र विकास समितीका उपाध्यक्ष र भारतीय सेनाका कर्नेल सी बी थापा (रिटायर्ड) भन्छन्, ‘त्यस समय बलभद्रको बहदुरीका कारण मानिसहरुले गोरखाका सेनाको वीरतालाई सम्मान गरे । आज जति पनि नेपाली पल्टन छन्, उनीहरु सबै गोरखा टोपी लगाउँछन् । त्यो टोपी बलभद्रकै देन हो ।’

अंग्रेजले सन् १८१५ मा बलभद्रको बहादुरी देखेर नै गोरखा रेजिमेन्टको सुरुवात गरेका थिए । त्यस समयको देनको कारण आज पनि नेपालीहरु गोरखा टोपी र खुकुरीको सानमा बाँचिरहेका छन् ।  नालापानीको लडाइ पछि सन् १८२४ मा अफ्गानस्तानका राजा रणजीत सिंहका फौजको पक्षमा लड्दा बलभद्र कुवँरको हत्या भयो ।

विशेष