News

पाल्तु चौपाया जथाभावी छाड्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्नेमा जोड

पाल्तु चौपाया जथाभावी छाड्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्नेमा जोड

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा पाल्तु चौपाया जथाभावी छाड्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिइएको छ ।

जथाभावी चौपाया छाड्ने प्रवृत्तिले नगर क्षेत्रमा सडक दुर्घटना बढ्ने, फोहर व्यवस्थापनमा कठिनाइ हुने, सर्वसाधारणको बालीनाली नोक्सान हुनेलगायत नगर क्षेत्रकै सुन्दरतामा समस्या आउने भएकाले चौपाया नियन्त्रण गर्न आग्रह गरिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिकामा गौशाला व्यवस्थापनका विषयमा नगरपालिका र गौशाला व्यवस्थापन समितिको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो । छाडा चौपायालाई गौशालासम्म पुर्याउन समस्या भइरहेका बेला सोमबार नगरपालिकाले व्यवस्थापन समितिसँग गरेको संयुक्त छलफलले छाडा चौपायालाई गौशालासम्म पुर्याउन सरोकार भएका अन्य निकायसँग सहयोग माग्ने निर्णय गरेको छ ।

बैठकमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले छाडा चौपायाले वन संरक्षणमा पनि चुनौती थपेकाले यसमा सुरक्षा निकायको सहयोग मागिने जानकारी दिए ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले सडकमा डुल्ने साँढेलाई गौशालासम्म पुर्याउन निकै चुनौतपूर्ण रहेको बताउँदै सबैको सामूहिक प्रयासले मात्र समस्याको समाधान हुने बताए । शंकरनगर र करहिया सामुदायिक वन उपभोक्ता समूहको चार बिघा क्षेत्रफलमा गौशाला रहेको छ ।

animals

विशेष