News

मेलम्ची आयोजना समयमै सम्पन्न गर्न अख्तियारको निर्देशन

मेलम्ची आयोजना समयमै सम्पन्न गर्न अख्तियारको निर्देशन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाको कार्य तोकिएकै समयमा सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

आयोगमा आज खानेपानी तथा सरसफाइ मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, परियोजना कार्यान्वयन निर्देशनालय र सडक विभागसँगको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले पाइपलाईन विस्तारका लागि खनिएका सडकबाट निस्केको धुलोले नागरिकको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारेकोले त्यसप्रति सचेत भएर काम गर्न निर्देशन दिए ।

आयोगका सचिव राजन खनालले पानी प्रशोधन केन्द्रको कार्य सम्पन्न भएपनि टनेल र हेडवर्क्सको कामले गतिलिन नसकेको बताए ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव कृष्णराज बि।सीले सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण पुरा भई परिक्षण समेत सम्पन्न भएको र २७।५ किलोमिटर सुरुङ मध्ये ६ सय २५ मिटर बाँकी रहेको बताए ।

उनले काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानमा पोखरी निर्माण सम्पन्न भएको, ८५ हजार धारा जडान गर्नुपर्नेमा ४३ हजार भन्दा बढी धाराका लागि पाइपलाईन राखिएको र १ सय ७० वटा भल्भ चेम्बर राख्नुपर्नेमा ५० वटा भन्दा बढी राखिएको जानकारी दिए । 

 

Akhtiyar melamchi drinking water

विशेष