वन्यजन्तुको डीएनए परीक्षण सुरु

वन्यजन्तुको डीएनए परीक्षण सुरु

काठमाडौं । नेपालमा वन्यजन्तुको डीएनए परीक्षण सुरु गरिएको छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले यसको परीक्षण सुरु गरेको छ ।

एउटै प्रयोगशालामा मानव तथा वन्यजन्तुको डीएनए परीक्षण गर्ने दक्षिण एसियामै यो पहिलो प्रयोगशाला बनेको छ । भारत र पाकिस्तानमा वन्यजन्तुको डीएनए परीक्षण गर्ने गरिए पनि त्यहाँ मानव तथा वन्यजन्तुको डीएनए एउटै प्रयोगशालामा हुने गरेको छैन ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले वन्यजन्तुको डीएनए परीक्षण गर्न निकै कठिन हुने गरेको बताउँदै हालसम्म प्राप्त भएका नमुनाको परीक्षण गर्दा सबैमा सफलता हात परेको दावी गर्नुभयो ।

प्रयोगशालामा प्रहरी तथा वन विभागबाट ती नमुनालाई डीएनए परीक्षणका लागि पठाइएको थियो । भालुको पञ्जा, झारलको सुकुटी, चितुवाको मासुको डीएनए परीक्षण गर्दा ती जनावर भएको पत्तो लागेको थियो । यसैगरी बाघको हड्डी भनेर पठाइएकोमा त्यसको डीएनए परीक्षणले राँगा र कुकुरको हड्डी भएको देखाएको छ ।

बितेको चार महिनामा तीनवटा नमुना गाईको मासु तथा सुकुटीको डीएनए परीक्षण गरिएको थियो । आजको गोरखापत्रमा खबर छ ।

संम्बधित खबर

विशेष