News

मोरङका सहायक सिडिओ बने इन्टग्रिटी आइडल

मोरङका सहायक सिडिओ बने इन्टग्रिटी आइडल


काठमाडौ । मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल यस वर्षको इन्टग्रिटी आइडल बनेका छन्।

अकाउन्टबिलिटी ल्याब नेपालले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा पौडेल आइडल बनेको घोषणा गरिएको हो। देशभरिका सरकारी कर्मचारीहरुमध्ये हरेक वर्ष कार्य क्षमता, विश्वसनीय र भोटको आधारमा छानिने प्रतियोगितामा ९ हजार ९ सय १ मत प्राप्त गरी पौडेल आइडल बनेका हुन्।

त्यसैगरी, यस वर्षको उत्कृष्ट सरकारी कर्मचारीमा काभ्रेका कृष्ण धिताल, काठमाडौँका सवनम पाठक, कालिकोटका सबराज बम र सिर्जना तिवारी रहेका छन्।

आइडल घोषणा भएपछि पौडेलले सकारात्मक सोच, विश्वसनीयता र काम गर्ने इच्छा शक्ति लिएर सरकारी कर्मचारी अघि बढ्नुपर्ने धारणा राखे।

आइडल छनोटमा पर्नका लागि पाँच वर्ष सरकारी काम गरेको र पाँच वर्ष सेवा अवधि बाँकी रहेको हुनुपर्ने र जनताप्रति बफादार भई काम गरेका कर्मचारीले मात्र आफ्नो नाम दर्ता गर्न पाउने आयोजकले जानकारी दिएका छन्।

विशेष