News

सर्पको विष झार्ने पूर्व सैनिक

सर्पको विष झार्ने पूर्व सैनिक

नवलपरासी । यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् ।

नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै चर्चित बनेका छन् । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुन् ।
विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिएका छन् । भारतीय सेनामा रहँदा चिकित्सा तालीम र आयुर्वेदमा उपवैद्य तालीम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ ।

सेवा प्रदान गर्दै आएका थापाको भनाइ छ । विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ ।

सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ ।
थापाको मोबाइल नं ९८०४४९१९४१ छ । आफ्नो यस प्रकारको सीपबारे नेपाल सरकारलाई समेत अवगत हुनुपर्ने थापाको तर्क छ । “आजसम्म मसँग सबै विषालु सर्पले टोकेर आएका मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत निको बनाएको छु”, थापाले भने ।

 

विशेष