News

उपत्यकाका अधिंकाश ड्राइभिङ तालिम केन्द्र अवैध

उपत्यकाका अधिंकाश ड्राइभिङ तालिम केन्द्र अवैध

काडमाडौं । उपत्यकामा सञ्चालित अधिंकाश ड्राइभिङ सेन्टरहरु अवैध भेटिएको छ ।

सरकारले बजार अनुगमनका सो तथ्य पत्ता लागेको हो । सरकारी अनुगमन टोलीले अवैध ड्राइभिङ सेन्टरहरुमा सिलबन्दी गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मापदण्ड पूरा नगरेका पाँचवटा ड्राइभिङ सेन्टरमा सिलबन्दी गरेको छ । विभागले आइतबार उपत्यकाको आठवटा ड्राइभिङ सेन्टर अनुगमन गर्ने क्रममा पाँचवटा मापदण्ड विपरित भेटेको हो ।

सिलबन्दी गरेका पाँचवटा ड्राइभिङ सेन्टर बिनादर्ता सञ्चालनमा थिए । ललितपुरको सानेपास्थित युटर्न ड्राइभिङ इन्स्टिच्युट धोबीघाटको महालक्ष्मी ड्राइभिङ इन्स्टिच्युट र मेगाड्राइभिङइन्स्टिच्युट, राधेराधे भक्तपुरको पर्फेक्ट भेहिकल्स स्कुल एण्ड इन्टरप्राइजेज र तीनकुनेस्थित एन्जल मोटर ड्राइभिङ ट्र्ेनिङ सेन्टरमा सिलबन्दी गरेको आपुर्ति विभागले जनाएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विभागमा ड्राइभिङ सेन्टरको बिषयमा उजुरी आउन थालेपछि पहिलोपल्ट यस क्षेत्रमा अनुगमन गरेको बताए ।  ड्राइभिङ सेन्टरले उत्कृष्ट ड्राइभिङ सीपको नाममा सर्वसाधारणबाट बढी पैसा लिने गरेको उजुरी छ । –नागरिक दैनिकबाट

विशेष