विदेश

आमा, श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्याको प्रयास

आमा, श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्याको प्रयास

भारत । भारतमा एक व्यक्ति आफ्नै आमा, श्रीमती एक छोरा र छोरीको सामूहिक हत्यापछि आत्महत्याको प्रयास गर्दा घाइते अवस्थामा पक्राउ परी अस्पताल भर्ना भएका छन् ।

भारतको चेन्नइस्थित शंकरनगरका दामोदरन नाम गरेका ती व्यक्तिले आफ्नै आमा, श्रीमती एक छोरा र एक छोरीको हत्या गरी आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गर्दा घाइते अवस्थामा पक्राउ परी अस्पताल भर्ना भएका हुन् ।

ती व्यक्तिले ७ वर्षीय छोरा र ५ वर्षीया छोरी, आमा र श्रीमतीलाई धारिलो हतियारको प्रयोग गरी घाँटी रेटेर हत्या गरेको प्रहरीले बताएको छ ।

दामोदरनले परिवारको सदस्यको हत्या गरेको प्रहरीले सूचना पाएपछि आत्महत्याको प्रयास गरेका उनलाई पक्राउ गरी अस्पताल भर्ना गरिएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार उनले परिवारको सामूहिक हत्यापछि आफ्ना एकजना नातेदारलाई सम्बोधन गरिएको ‘सुसाइड नोट’मा आत्महत्या गर्नुको कारण भारतमा लागु भएको ‘नोटबन्दि’ रहेको लेखेका छन् ।

प्रहरीले ‘सुसाइड नोट’ भनेको उक्त चिठिमा उनले लेखेका छन्, ‘मेरो सबै परिवार मसँग एकदमै रिसाएका छन् । म आफ्नोमात्र ज्यान लिन चाहान्थे तर मेरो परिवार पहिलेदेखि नै धेरै समस्या झेलिसकेका थिए । म उनीहरुलाई एक्लै समस्यामा धकेल्न चाहन्नथेँ । त्यसैले मैले यस्तो कदम उठाएँ ।’

त्यसपछि उनले उक्त ‘सुसाइड नोट’मा आफ्नो व्यवसायसँग जोडिएको लेनदेनसम्बन्धि हिशाबबारे लेखेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उक्त चिठिको अन्तिम पृष्ठमा उनले केन्द्र सरकारद्वारा लगाइएको नोटबन्दिको घोषणाले आफ्नो व्यवसाय धरासायी भएको उल्लेखसमेत गरेका छन् । उनले आफ्नो यस कदमको दोष केन्द्र सरकारले लगाएको ‘नोटबन्दि’को निणर्यलाई दिएका छन् ।  

विशेष