News

कथाकार मनु ब्राजाकीको अवस्था गम्भिर

कथाकार मनु ब्राजाकीको अवस्था गम्भिर

काठमाडौं । मस्तिष्क शिरोघातबाट पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) भर्ना गरिएको छ ।

दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिए। गजलकारसमेत रहेका ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि समस्या छ।

उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेको छ।

विशेष