News

ग्याँस उद्योगमा भीषण आगलागी पाँचको मृत्यु, दमकल समेत जल्यो

ग्याँस उद्योगमा भीषण आगलागी पाँचको मृत्यु, दमकल समेत जल्यो


वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो । आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकलसमेत जलेको छ । ग्यास उद्योगभित्र कति मानिस थिए भन्ने पनि खुल्न सकेको छैन ।

वीरगन्जका प्रमुख जिल्ला अधिकारी बिनोदप्रसाद सिंहका अनुसार, सामान्य दमकलले आगो नियन्त्रण लिन नसकिने भएकाले भारतबाट अत्याधुनिक दमकल मगाइएको छ ।

विशेष