News

भीषण आगलागी नौ घण्टा पछि निभ्यो, जनजीवन सामान्य बन्दै

भीषण आगलागी नौ घण्टा पछि निभ्यो, जनजीवन सामान्य बन्दै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको भीषण आगो करिव नौ घण्टापछि निभेको छ ।

बुधबार विहान ६ बजेबाट सुरु भएको भीषण आगलागी दिउँसोको करिब ३ बजे आफैँ निभेको हो । बुलेटबाट ग्यास लिग भएर आगलागी सुरु भरु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ग्यास उद्योगमा आगो निभाउने प्रविधि नहुँदा लामो समयपछि आफैँ आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बारुणयन्त्रणका कर्मचारी यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको मृत्यु भएको हो । घाइतेमध्ये दुई जनालाई काठमाडौं रिफर गरिएको छ भने एक जनाको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ । आगलागी नियन्त्रण भएपछि त्यसक्षेत्रको जनजीवन सामान्य बनेको छ । अहिले स्थानीय, प्रहरी र उद्योग सञ्चालकहरु उद्योग क्षेत्रभित्र प्रवेश गरी नियाँलिरहेको प्रहरीले जनाएको छ ।

birgunj

विशेष