सरकारलार्इ ओलीकाे चेतावनीः मन्त्रीहरुले अाफ्नो हैसियत बुझ्नुहाेस्
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष सरकारले पठाएको अध्यादेश नै असंवैधानिक रहेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै ओलीले कांग्रेस नेतृत्वको सरकारले नै असंवैधानिक कार्य गरेको जिकिर गरेका हुन् ।
एमालेले राष्ट्रपतिलाई उक्साएर असंवैधानिक कार्य गन लगाएको आरोप कांग्रेसले लगाउँदै आएको थियो । तर, एमाले नेता ओलीले कांगे्रसलाई जवाफ फर्काउँदै सरकारले पेश गरेको अध्यादेश असंवैधानिक भएको दावीसहित उक्त अध्यादेश प्रमाणित गर्न नमिल्ने बताए । उनले भने, 'एउटा पार्टीका लागि मात्रै ल्याएको अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गर्न मिल्दैन ।' ओलीले सरकार र मन्त्रीहरुलाई आफ्नो मर्यादामा बस्न चेतावनी समेत दिए । उनले भने, 'मन्त्रीहरुले हैसियत बुझ्न जरुरी छ ।'
कांग्रेस कोटाबाट आयुक्तमा नियुक्त भएकी इला शर्माको पछिल्ला अभिव्यक्तिलाई लक्षित गर्दै निर्वाचन आयुक्तले अध्यादेशको निहुमा निर्वाचन परिणाम सार्वजनिक गर्न रोकेर विवाद निम्त्याउन चाहेको टिप्पणीसमेत ओली गरे ।
काठमाडौंबाट विजयी वामगठबन्धनबाट प्रदेृश तथा प्रतिनिधि सभाका प्रतिनिधिलाई बधाइ दिन गरिएको उक्त कार्यक्रममा एमाले नेता माधव नेपाल तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थित थिए ।