विदेश

हवाई कारबाहीमा १ कमाण्डरसहित ७ आइएस मारिए

हवाई कारबाहीमा १ कमाण्डरसहित ७ आइएस मारिए

अफगानिस्तान । अफगानिस्तानको गजनी प्रान्तमा अफगानिस्ताको हवाई सेनाले बुधबार गरेको हवाई कारबाहीमा परी स्थानीय आइएस समूहका एकजना कमाण्डरसहित सात जनाको मृत्यु भएको छ ।

आइएसको आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षा बलले बुधबार दिउँसो कारबाही गरेको थियो । यस कारबाहीमा परी आइएसका एकजना कमाण्डर नै मारिएको समाचारमा जनाइएको छ ।

हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरुपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ । त्यस क्षेत्रमा आइएसका क्रियाकलापहरु बढेको भन्ने सूचनाका आधारमा यो कारबाही गरिएको अफगान सेनाले जनाएको छ ।

 

 

विशेष